सार्वजनिक यातायात सञ्चालन निर्णय भएको छैन: व्यवसायी महासंघ

रासस
असार २०, २०७७
20200521_104127

कोभिड–१९ का कारण लकडाउन मारमा सार्वजनिक यातायातबिनाको सुनसान पोखराको सडक । तस्वीर: विजय नेपाल

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासंघले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ ।

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासंघले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ । महासंघ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको छ ।

सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

Related News

सम्बन्धित समाचार

    • संक्रमित घटेसँगै परीक्षणमा कमी

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार…
    • सत्ता सहमतिमा मन्त्री नै वाधक !

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ मा बनेको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याइसकेको छ…
    • निगालोको चोया, जिउने सहारा

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । छेवैमा ह्वील चियर विश्राम दिएर चेतबहादुर गुरुङ स्याँखु बुन्दैछन् । गत सातादेखि सुरु गरेको काम सक्नै आँटेका छन्…
    • संविधान जोगाउने दायित्व कांग्रेसमाथि : मुख्यमन्त्री पोखरेल

      आदर्श समाज सम्वाददाता असार ५, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली कांग्रेसमा आएको…
    • विश्वासको मतपछि अब मन्त्रिमण्डल पुनर्गठन तयारी

      प्रकाश ढकाल असार ५, २०७८
      पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रस्तावमा बहुमत सदस्यले पक्षमा मतदान…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग