मनाङ, २० असार । गण्डकी प्रदेश सरकार पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्न पदमार्गको नक्साङ्कनमा जुटेको छ । गुरुयोजनामा छुटेकास्थलको पाँच जिल्लासँग जोड्दै पदमार्ग निर्माण लागेको हो । प्रदेशले गण्डकी प्रदेश पर्यटन गुरुयोजना निर्माण जिल्लास्तरीय दोस्रो चरणको गोष्ठी तनहुँमा गरेको छ ।
मनाङलगायत लमजुङ, गोरखा, तनहुँ र नवलपुरको पर्यटकीय गन्तव्यको पहिचान र छुटेका स्थललाई पदमार्गमार्फत जोड्न गोष्ठी गरिएको गण्डकी प्रदेशका अधिकृत जगनिवेश भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा पदमार्ग निर्माण गर्न सहज हुने भएकाले पाँच जिल्लाका स्थानीय तहबाट सहभागिता रहेको थियो । मनाङका छुटेका पर्यटकीयस्थलको समावेश गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “छुट्नै नहुने क्षेत्रको छुटेकाले यस कार्यक्रमले जोडेको छ”, उनले भने ।
पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनमा स्थानीय तहका प्रमुखहरुलाई विशेष जानकारी हुने भएकाले पनि नयाँ गन्तव्यको नक्साङ्कनमा उनीहरुलाई समावेश गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पदमार्ग पहिचान र नक्साङ्कन गरिएको जनाइएको छ । प्रदेशको पर्यटन विकासको विद्यमान अवस्था, प्रमुख समस्या, अवसर तथा चुनौतीहरुको विश्लेषण, गण्डकी प्रदेशमा पर्यटन विकास र व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि २५ वर्षे रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा खाकासहितको प्रदेश पर्यटन गुरुयोजना निर्माण गर्ने उद्देश्य रहेको जनाएको छ ।
प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रमाणीकरण तथा नक्साङ्कन, उपलब्ध पर्यटकीय पूर्वाधार तथा सेवा सुविधाको अध्ययन तथा विश्लेषण, गन्तव्यहरुबीचको अन्तरसम्बन्धको अध्ययन तथा विश्लेषण गर्नका लागि गोष्ठी गरिएको अधिकृत भण्डारीले बताए । पर्यटन पूर्वाधार तथा सेवाहरु (पहुँच, बसोबास, पर्यटकीय सुविधा, आकर्षण तथा गतविधि)को अवस्थाहरुबारे अध्ययन तथा विश्लेषण गरिने जनाइएको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा कार्यरत तथा उपलब्ध जनशक्ति सर्वेक्षण, आवश्यक जनशक्ति पहिचान, जनशक्ति व्यवस्थापन तथा सीप विकाससम्बन्धी रणनीति तथा कार्यक्रम तयार गर्न सहज हुनेछ । पर्यटन (आन्तरिक तथा बाह्य) को अध्ययन तथा स्थिति विश्लेषण, पर्यटकीय वस्तु तथा उपजको प्याकेजिङ तथा स्थिति विश्लेषण गर्ने योजनासहित कार्यक्रम गरिएको हो ।
पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा सम्भावित पदमार्गहरुको पहिचान तथा नक्साङ्कन, पर्यटन प्रवद्र्धनमा तीन तहगत सरकार (सङ्घ, प्रदेश र स्थानीय निकाय) तथा निजी क्षेत्रको भूमिका तथा ब्राण्डिङ योजनासहित प्रदेश अगाडि बढेको भण्डारीले बताए । टोलीनेता योगेशपूर्ण सिंहले पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा अन्य सम्भावित पदमार्गहरुको पहिचान तथा नक्साङ्कनको विषयमा प्रस्तुतीकरण गरेका थिए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा गोष्ठीमा पाँच जिल्लाको पर्यटन गुरुयोजना निर्माणका सम्बन्धमा छलफल र योजना निर्माण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१