बझाङ पहिरो अपडेटः चार जनाको शव निकालियो

एजेन्सी
असार २०, २०७७
1593835831pahiro_bajang_1

बझाङ, २० असार । बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ।

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए। ‘अहिलेसम्म चार जनाको शव भेटिएको छ’, उनले भने ‘अझै तीन जना बेपत्ता छन् ।’ शव भेटिएकामध्य एकै परिवारका तीन जना र अर्का एक जना रहेको उनले जानकारी दिए।

वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा र १३ वर्षीया छोरी अस्मीता जेठाराको शव फेलाको परेको छ। यस्तै केदारस्युँ गाउँपालिका–८ का ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ। उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ।

सो पहिरोमा परी अझै तीन जना बेपत्ता छन्। वडाध्यक्ष बोहराका अनुसार २२ वर्षीय गिरी जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको अवस्था अझै अज्ञात छ। पहिरोमा परी बेपत्ताहरुको खोजीकार्य भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width