लेखनाथ उद्योग बाणिज्य संघ २४औं वर्षमा

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
lcci 20

लेखनाथ,२० असार । लेखनाथ उद्योग बाणिज्य संघले आफनो २४ औं वार्षिकोत्सवको अवसर पारेर कृषि उपज खरिद बिक्री केन्द्रको शुभारम्भ गरेको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको अगुवाई र पोखरा महानगरपालिका एवंम सासंद विकास कोषको आर्थिक सहयोगमा पोखरा २७ को तालचोकमा निर्माण गरिएको कृषि उपज खरिद बिक्री केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।

निर्माण सम्पन्न भएको कृषि उपज खरिद बिक्री केन्द्रमा २६ वटा शटरहरु रहेने र सो को कुल खर्च करिव रु १ करोड ५० लाख रहेको छ । निर्माण सम्पन्न भएको कृषि उपज संकलन केन्द्रलाई नयाँं आर्थिक बर्षदेखि यस क्षेत्रमा बिभिन्न कृषि उपज उत्पाद गर्ने कृषि सहकारी, कृषक समुह तथा कृषकहरुलाई प्राथमिकता दिई संकलन केन्द्र संचालन गर्ने गरी तयारीलाई अगाडि वढाएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

ताजा बस्तु उपभोग गर्न समेत नपाइने अवस्थालाई ध्यानमा राखी उत्पादित बस्तुलाई एकै थलोमा संकलन गरी बिक्रि बितरण गर्ने उद्देश्यले कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गरिएको हो । कृषि उपज खरिद बिक्री केन्द्रको उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री एंव संघीय सासंद खगराज अधिकारीले कृषि कार्य सम्मानजनक र आत्मसन्तुष्टिको पेशा भएकाले समयको माग र विकासका पुर्वाधार भएकाले यसले स्थानीय स्तरका स्वरोजगार सृजना गर्न सहयोग पु¥याउने विचार व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश आर्थिक तथा विकास समितिका सभापति दीपक कोइरालाले उत्पादन देखि वितरणसम्म किसानलाई सहभागी गराउनु पर्ने सुझाव राखेका थिए भने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानलाई ब्यवासायिक उत्पादन तर्फ अग्रसर हुन आग्रह गर्दै सामुहिक उत्पादनबाट मात्र हामीले कल्पना गरेको महानगरपालिका वन्न सक्ने धारणा राखेका थिए ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोईरालले निजी क्षेत्र र सरकार निकायको सहकार्यमा विकासका पुर्वाधारहरु खडा गर्न सकिने बिचार राखेका थिए भने रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले कोरना भाईरसका कारण निम्तीएको विसम परिस्थितिलाई अवसरका रुपमा लिएर कृषिलाई पर्यटन,उद्योग र ब्यवसायको रुपमा पनि बिकास गराउन सकिनेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसी, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले आफ्ना भनाइृ राखेका थिए । संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विनोद कुमार श्रेष्ठले धन्यवाद र महासचिव गोपीचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width