आदर्श समाज सामाजिक संस्थाद्वारा रक्तदान

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
20200705_081412

पोखरा २०, असार । पोखरा–१२ स्थित आदर्श समाज सामाजिक संस्थाको १२ औं खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयो । कोभिड–१९ को महामारीमा रगतको आवश्यकतालाई महशुस गरी आयोजना गरिएको उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।

पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीले प्रथम रक्तदाता समीक्षा क्षेत्रीलाई व्लडव्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि कार्कीले समस्यामा परेका वेला गरिएको रक्तदानको अन्त्यन्त महत्व हुने बताए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, आदर्श समाज सामाजिक संस्थाका पूर्व अध्यक्ष सुर्यनाथ कोइराला, पुरानोधारा बचत सहकारीका अध्यक्ष कृष्णप्रसाद कोइराला, आदर्श समाज सामाजिक संस्था महिला समूहकी अध्यक्ष भगवती कोइराला, स्टाफ नर्स यमुना शर्मा लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष भीमदेव शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा संयोजक बासुदेव कोइरालाले स्वागत तथा सचिव लक्ष्मी कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…

hero news full width