बझाङको केरास्युँमा पहिरो, २० जना वेपत्ता, १७ घर बगायो

एजेन्सी
असार २०, २०७७
1593835831pahiro_bajang_1

बझाङ, २० असार । बझाङ जिल्लाको केरास्युँ गाउँपालिका–८ को मल्लेसीमा गए राति बस्तीमाथिबाट आएको पहिरोमा परी २० जना बेपत्ता भएका छन् भने १७ घर पुरिएका छन् ।

बस्तीका धेरै घर पुरेको जानकारी गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले जानकारी दिएकी छन् । उनले २० बढी जना च्यापिएको भन्ने जानकारी आफूले पाएको बताएकी छन्। पहिरोले पशुचौपाया समेत पुरिएको उनको भनाइ छ। गाउँपालिका केन्द्रबाट मल्लेसी वस्ती ५ घण्टाको पैदल दुरीमा पर्छ।

उद्धारका लागि प्रहरी, स्वास्थ्यकर्मी र गाउँपालिकाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको धामीले बताइन्। उद्धारका लागि प्रदेश र केन्द्रमा अनुरोध गरिएको छ । सेनाको हेलिकप्टर उद्धारका लागि आउने भन्ने आश्वासन पाइएको उनले बताइन्।

हेलिकप्टर आउने आश्वासन पाएपनि बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले कुहिरो लागेकाले हेलिकप्टर आउनसक्ने अवस्था नरहेको जानकारी दिएका छन् । यसैगरी पहिरोले बझाङका थुप्रै स्थानमा सडक र पुल भत्केका छन्। छिटो उद्धारका लागि नेपाली सेनाको टोली, प्रहरी र स्थानीय तहको टोली घटनास्थलतर्फ पठाइ सकिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width