दुई अध्यक्षको अडानले नेकपा स्थायी कमिटी बैठक स्थगित

एजेन्सी
असार २०, २०७७
CKK_KTM_3528(1) (1)

काठमाण्डौ, २० असार । नेकपा स्थायी कमिटीको शनिवार निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्ने जनाइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् ।शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवैले पुरानै अडान राखेपछि छलफलमा ठोस सहमति भएको छैन ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।यही विवादका बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन भनेर नेकपाका नेताहरु सशंकित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width