राहातको खाद्यान्न खोलामा वगाउने ६ मध्ये १ पक्राउ

राजेशचन्द्र राजभण्डारी
असार २०, २०७७
Handcuff_Photo12

बागलुङ, २० असार । कोरोनाबाट प्रभावित समुदायलाई वितरण गर्न लैजादै गरेको खाद्यान्न खोलामा बगाउने ६ जना अभियुक्त मध्य १ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय वुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको टोलीले ढोरपाटन नगरपालिका वडा नम्वर ४ का उमेश वुढाथोकीलाई पक्राउ गरेको हो । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षको निर्देशनमा गाउँका गरिब तथा बिपन्न बर्गका लागि बाड्न लादै गरेको करिब १ लाख बराबरको राहत जबर्जस्ती खोसेर खोलामा बगाएको आरोपमा जिल्ला प्रहरी कार्यलय बागलुङले ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

घटनामा संलग्न आरोपित फरार वडा सदस्य सहितका वाँकी ५ जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले वताए ।रोजगारीका लागी बिदेशमा रहेका युवाले ढोरपाटन नगरपालिका ४ खुँगाका जनतालाई राहत वितरणका लागि पठाएको करीब एक लाख रुपयाँ बराबरको खाद्यान्न सामाग्री उत्तिसिन खोला घाटमा बगाईएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width