कास्की, २० असार । कास्की जिल्ला बक्सिङ सङ्घको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सङ्घको शुक्रबार पोखरामा सम्पन्न चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा राजबहादुर कोइराला, सचिव सञ्जिव श्रेष्ठ र कोषाध्यक्षमा सुनिल बिसी निर्वाचित भए।
सदस्यमा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी, सन्तोष कार्की, आइतसिंह गुरुङ, छविलाल कुँवर, ऋषिसरा थापा, देवेन्द्र केसी र जीतबहादुर पुन रहेकाे निर्वाचन समितिका संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए।
अधिवेशनका अवसरमा वरिष्ठ बक्सिङ प्रशिक्षक मर्सानीलाई राष्ट्रिय खेलकूद परिषद्मा रहेर लामो समय खेल क्षेत्रमा योगदान दिएर हालै मात्र सेवा निवृत्त हुनुभएकामा दोसल्लाले सम्मान गरिको थियो । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले व्यक्तिगत फाइदाका लागिभन्दा पनि खेल क्षेत्रको विकासमा तल्लीन नेतृत्व खेल क्षेत्रमा आवश्यक हुने बताए। कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीमा पहिलोपटक खेल सङ्घको अधिवेशन सम्पन्न गरिएको हो।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१