कतारबाट फर्केको ३ दिनमै गोरखाका ४४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
corona_1

पोखरा, २० असार । कतारबाट फर्केको ३ दिनमै गोरखाका एक जना कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको छ।

पालुङटार ७ निवासी ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचार क्रममा शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो।

निमोनियाका बिरामी समेत रहेका ती पुरुषको शुक्रबार कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि राति ९ बजेर ५५ मिनेटमा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकोमा शनिबार बिहान मृत्यु भएको अस्पतालका नि. मेडिकल सूपरिटेण्डेन्ट डा. नवीन थापाले जनाए।

अस्पतालमा ल्याएका उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि अक्सिजन दिएरै राखिएको थियो । ती पुरुष गत असार १७ मा कतारबाट फर्केर गोरखाकै जीवनज्योति माविको क्वारेन्टाइनमा बस्दै आएका थिए।

उनको असार १८ मा स्वाब संकलन गरिएकोमा असार १९ मा कोरोना पुष्टि भएको प्रवक्ता कृष्ण ढकालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width