बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन   

रासस
असार १९, २०७७
Saroj Khan

मुम्बई, १९ असार । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेकी थिइन्। उनी बलिउडमा झण्डै चार दशक सक्रिय थिइन्।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ थिइन्। उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन्।

“उनको गएराती २.३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले बताए। खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन्। उनको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ शुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width