प्रिमियर लिग विजेता लिभरपुलमाथि दोस्रो स्थानको म्यानचेस्टर सिटीको फराकिलो जित

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
Liverpool vs Manchester City

पोखरा । इङ्लिस प्रिमियर लिगमा शीर्ष पहिलो स्थानको लिभरपुलमाथि दोस्रो स्थानको म्यानचेस्टर सिटीले ४–० गोलको फराकिलो जित दर्ता गरेको छ ।

सिटीको घरेलु मैदान इतिहादमा शुक्रबार बिहान भएको खेलमा केभिन डि ब्रुइन, रहिम स्र्टलिङ र फिलिप फोडेनले १÷१ गोल गरे । सिटीका लागि १ गोल भने आत्मघाती गोलको उपहार मिलेको थियो । लिभरपुलका एलेक्स च्याम्बर्लिङले आत्मघाती गोल गरे ।

खेलको २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै, ३५ औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए । फोडेनले ४५ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रतासहित लिभरपुलाई दवाव दियो ।

पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल फर्काउन नसकेपनि उल्टै आफ्नै पोस्टमा आत्मघाती गोल गरेर सिटीसँग फराकिलो गोल अन्तरको हार खेप्यो ।

Related News

सम्बन्धित समाचार

hero news full width