एकैदिन थपिए ७४० कोरोना संक्रमित, संक्रमित संख्या १५२५९ पुग्यो

Avatar एजेन्सी
असार १९, २०७७

काठमाण्डौ, १९ असार । नेपालमा शुक्रबार ७४० जना काेरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३२ जनाको मृत्यु भएको छ ।

हाम्रो सुझाव