दुर्गेश थापाले ल्याए तीज गीत ‘बिच बिचमा–२’

विनिता सुनार
असार १९, २०७७
durgesh

पोखरा, असार १७ । गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा २’ युट्युवमा सार्वजनिक भएको छ । गत बर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ गीतले निकै चर्चा बटुलेपछि उनले बिच बिचमा २ ल्याएका हुन् ।

आफ्नै शब्द र संगीतमा तयार पारिएको उक्त गीतमा दुर्गेशले देशमा भइरहेको राजनितिक गतिविधि, कोरोना भाइरस र लकडाउनका कारण परेको समस्यालाई शब्दबाट व्यक्त गरेका छन् ।

शिव विकले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा दुर्गेशसहित जीवन शाहनी क्षेत्री, जिवीचिरन (चिरन्जिवी सापकोटा) दिपाशा विसी, अस्मिता जुरेली, टिका जैशी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायतले अभिनय गरेका छन् ।

मिलन विश्वकर्माले सम्पादन गरेको उक्त गीतमा अर्जुन तिवारीले छायांकन गरेको हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width