गुल्मीमा पहिरोले बगाउँदा एकको मृत्यु एक बेपत्ता

आदर्श समाज सम्वाददाता
असार १९, २०७७

काठमाडौं, १९ असार । गुल्मी जिल्लाको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । पहिरोमा परेर पाँच जना घाइते भएका छन् ।

गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको छ । यस्तै सोही ठाउँ निवासी ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता छिन् । डीएसपी पन्तका अनुसार ईश्वरी खत्री गम्भीर घाइते छन् ।अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको डीएसपी पन्तले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width