गण्डकीमा १ हजार ६३ कोरोना संक्रमित, थपिए ३२

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
coronavirus-agencies

पोखरा, १९ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी थप ३२ सँगै कुल संक्रमित संख्या १ हजार ६३ पुगेको जनाएको हो ।

गएको २४ घण्टामा प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १९ तनहुँका ९, पर्वतका ३ र बागलुङका १ जनामा कोरोना पुष्टि भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीका मात्रै ११ जना पुरुष छन् । उनीहरुको उमेर समूह वर्ष १९ देखि ४९ सम्म छ । त्यस्तै वर्ष २३, २६ र ४० वर्षका ३ जना महिला छन् ।

त्यस्तै, मध्यबिन्दुका ४ पुरुष र १ महिला पनि संक्रमित हुन पुगेका छन् । वर्ष १० का बालकसहित वर्ष २४, २८ र ३३ का पुरुष हुन् भने ३० वषीया महिला हुन् । उनीहरु सबैको नमुना परीक्षण भरतपुर अस्पतालमा भएको हो ।

यता, पोखराको प्रदेश क्षयरोग केन्द्रमा भएको परीक्षणमा तनहँुको ऋसिङका ७ र भीमादका २ गरी ९ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरुको उमेर समूह ववर्ष १८ देखि ४७ सम्म छ ।

पर्वत जिल्लाको बिहादी गाउँपालिकाका वर्ष २९, फलेबासका वर्ष १८ र पैयुँका ३४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ भने बागलुङको जैमिनी गाउँपालिकाका २१ वर्षीय पुरुष संक्रमित छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै