साम्राज्ञी विरुद्ध भुवन केसीको उजुरी

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
bhuwan

नेपाली फिल्मका नायक तथा निर्माता भुवन केसीले कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध उजुरी दिएका छन् ।

केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको र जसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै केसीले बिहीबार चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्नामी भएको भुवनले दाबी गरेका छन् ।

बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् ।

केसीले शाहलाई चलचित्र ‘ड्रिम्स’ मा ब्रेक दिएका थिए

साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी पनि उनले दिएका छन् ।

आफूलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटो कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्राग्राममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ केसीले लेखेका छन्, ‘मैले हासिल गरेको मानप्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुनः त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सुचित गर्दछु ।’

यसअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै म्यानेमेन्टको विषयमा बोल्दा उक्त फिल्मको व्यक्तिले अपशब्द प्रयोग गरेर गाली गरेको कुरा बताएकी थिइन् ।

यसअघि साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई तीन ठूला ब्यानारका फिल्मसँग सम्बन्धित व्यक्तिहरुले दुर्व्यवहार गरेको बताउँदै आएकी थिइन् । उनले कसैको नाम उल्लेख नगरे पनि पछिल्लो समय साम्राज्ञीको भिडियो सार्वजनिक हुनासाथ भुवनले फेसबुकमा प्रतिवाद गर्दै स्टाटस लेखेका थिए ।

केसी र शाहबीच केही दिनदेखि सामाजिक सञ्जालमा दोहोरी चलेकोमा अन्ततः सो विषय उत्कर्षमा पुग्दै उजुरीसम्म पुगेको हो । केसीले शाहलाई चलचित्र ‘ड्रिम्स’ मा ब्रेक दिएका थिए । जुन फिल्म सूपरहिट बनेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width