सुतेकै ठाँउमा थारुको मृत्यु

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
dead-body-1_3199456_835x547-m

पोखरा, १८ असार । बर्दिया जिल्ला मधुवन गाउँपालिका–३ घर भई हाल कास्कीको रुपा गाउँपालिका–६ मा बस्दै आएका ४६ वर्षीय लउटन थारु विहीवार विहान आफ्नै डेरा कोठामा मृत फेला परेका छन् । बुधवार राति खाना खाएर सुतेका थारु विहीबार बिहान सुतेकै कोठामा मृत फेला परेका हुन् ।

रुपा गाउँपालिका– ६ स्थित रामबहादुर खड्काको घरमा डेरागरी बस्दै आएका थारुलाई सँगैबसेका साथीले विहान उठाउन खोज्दा मृत अवस्थामा भेटेपछि उनले स्थानीयलाई खवर गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । उनीहरु सडकको नाला खन्ने काम गर्थे ।

Related News

सम्बन्धित समाचार

hero news full width