करेन्ट लागेर श्रेष्ठको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
असार १८, २०७७

पोखरा, १८ असार । तनहुँ जिल्ला ब्यास नगरपालिका–६ सेखाटार निवासी ५८ वर्षीया हेकुठिनी श्रेष्ठको करेण्ट लागेर मृत्यु भएको छ ।

घरमा मिक्चर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठलाई उपचारको लागि रत्नहरि अस्पताल दमौली लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान अगाडि वढाएको छ ।

हाम्रो सुझाव