घरभाडा सरोकार समितिबाट सम्मान

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
20200703_095848

पोखरा, १८ असार । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले लकडाउनमा व्यवसायीलाई घरभाडा मिनाहा गर्ने घरधनीलाई सम्मान गरेको छ ।

घरवहाल सरोकार महासंघ नेपालको १० औं वार्षिकोत्सवको अवसर पारेर समितिले घरधनी स्थानीय लालबहादुर गुरुङलाई सम्मान गरेको हो । घरवहाल सरोकार महासंघका केन्द्रीय उपाध्यक्ष यामनाथ पौडेल र स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दोसल्ला र टीका लगाई सम्मान गरेका थिए ।

त्यस अवसरमा प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष पौडेलले ‘कोरोना संक्रमणमा आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारा घरबहालको सन्दर्भमा पनि मिल्ने बताउँदै घरधनी र वहालवाला हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापन अध्यक्ष कृष्ण बास्तोलाले विषम परिस्थितिलाई आत्मसात गरेर आपसी सद्भाव कायम  गर्नुपर्ने   जोड दिए । पृथ्वीचोक होटल व्यवसायी संघका अध्यक्ष हरिप्रसाद पाण्डेले धरासायी बनेका व्यवसायीलाई घरभाडा छुटले मात्र नपुग्ने बताउँदै व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने बताए ।

अध्यक्षको आशनबाट समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरभाडा छुटका लागि समितिले घरधनीलाई दवाव नभै विनम्रतापूर्वक आग्रह गर्दै आएको जानकारी दिए । द्वितीय उपाध्यक्ष उमापति ढकालको धन्यवाद मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन महासचिव जगदीशप्रसाद अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width