काठमाण्डौ, १८ असार । नेकपा भित्र सत्ता संघष वढेसँगै अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले ओलीसँग बालुवाटारमै भेटेका थिए । ओली–प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्।ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय सदस्यहरूसँग परामर्श गरे । लगत्तै उनी राष्ट्रपतिलाई भेट्न शितल निवास गएका हुन् । संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ।
यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। राष्ट्रपतिसँगको छलफलपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठकबाट ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए। यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए। पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।
हालको कानुन अनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था छैन।यस्तोमा प्रधानमन्त्री ओलीले संसदीय दलमा मात्र ४० प्रतिशत पुर्याउँदा पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सक्छन्।नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल स्थायी कमिटीको बहुमतले भए पनि प्रधानमन्त्रीले राजीनामा गर्नु पर्ने निर्णय गर्ने पक्षमा छन्।कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले भने कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले अधिवेशन अन्त्य गर्न लागिएको बताइन्।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१