वर्षे अधिवेशन साँझबाट अन्त्य

Avatar एजेन्सी
असार १८, २०७७

काठमाण्डौ, १८ असार । मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो।

मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने एक मन्त्रीले जानकारी दिए । मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ।

हाम्रो सुझाव