आचार्य परिवारमा शोक

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
ssss

पोखरा, १८ असार । पोखरा–१९ लामाचौर स्थित आचार्य परिबारमा शोक परेको छ ।

बुद्धबिशाल बजार ब्यापारिक एशोसियसन कार्य समिति सदस्य तथा महिला संयोजक शान्ति आचार्यका ससुरा बुबा तथा सदस्य माधव आचार्यका बुबा पूर्णाखर आचार्यको आज ८५ वर्षको उमेरमा निधन भएको छ ।
बिगत लामो समदेखि मृगौला रोगबाट पीडित आचार्यको बुधवार विहान २ बजे नदिपुर निबासमा निधन भएको हो । उनको आजै लामाचौर स्थित अकला मन्दिर नजिक सेती नदीमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

यसैबीचच बुद्वबिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले शोक विज्ञप्ति जारीगर्दै स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सोकाकुल आचार्य परिवारमा धैर्य गर्ने शक्ति प्रदान गरून् भनी समवेदना व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width