पौडी खेल्दा डुबेर गुरुङको मृत्युु

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
dead-body-1_3199456_835x547-m

पोखरा, १८ असार । जिल्लाको भानु नगरपालिका स्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ।

सोही नगरपालिका–१ बस्ने २२ वर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । एक्कासी खोलामा डुबेको देखेपछि स्थानीयले उद्दार गरी डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो । गुरुङको शव परीक्षणका लागि सदरमुकामको दमौली अस्पताल ल्याइएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए । घटनाका बारेमा विस्तृत अनुसन्धान भैरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width