ओली निकट नेतासँग प्रचण्डले गरे छलफल

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
Pushpa-Kamal-Dahal-06092018082121

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले ओली निकटका नेताहरुसँग छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान छलफल भएको हो ।

छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेल लगायका नेताहरु सहभागी छन् ।यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width