ट्याक्टर दुर्घटनामा दर्जीको मृत्यु

आदर्श समाज सम्वाददाता
असार १७, २०७७
accident

पोखरा, १७ असार । म्याग्दी जिल्ला बेनी नगरपालिका–४ थामडाँडा स्थित टिमुरबोटमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

बरंजाबाट बेनी सदरमुकाम तर्फ आउँदै गरेको ना ७ त ४०४६ नंम्बरको खाली ट्याक्टर सडकबाट ३० मीटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टर चालक बेनी नगरपालिका–५ पुल्काचौर निवासी २३ वर्षीय रेशम दर्जीको घटनास्थमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय जनाएको छ । उक्त दुर्घटना बुधवार विहान ७ बजे स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width