थप ४८२ मा कोरोना संक्रमण, संक्रमित संख्या १४०४६ पुग्यो

एजेन्सी
असार १७, २०७७

काठमाण्डौ, १७ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width