वालिङ, १७ असार । वालिङ नगरपालिकाको कृषि विकास शाखाद्वारा १३ हजार विरुवा वितरण गरिएको छ ।
वालिङ नगरपालिकाको कृषि विकास शाखाले सूचना प्रकाशन गरी आवेदन संकलन गरेको र प्राप्त आवेदनहरुको अनुगमन गरी १४ वटै वडाका कृषकहरुलाई बिरुवा वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । वालिङ नगरपालिकाले सुन्तला कलमी, बिजु, सुन कागती १ बिजु जातका १३ हजार ६४ वटा बिरुवा ५० प्रतिशत अनुदानमा बुधबार वितरण गरिएको नगर प्रमुख खाँणले बताए ।
“नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरुको माग बमोजिम कागती र सुन्तलाका बिरुवा वितरण गरेका छौ” नगर प्रमुख खाँणले भने “माग भए बमोजिम ५० प्रतिशत अनुदानमा कागती र सुन्तलाका बिरुवा उपलब्ध गराएका हौं ।”बाँझो रहेको जमिनमा फलफूलका विरुवा लगाएर आर्थिक लाभ लिनका लागि सघाउ पुर्याउने उद्देश्यले बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख केशबहादुर थापाले बताए ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१