निशुल्क स्वास्थ्य शिविर

Avatar आदर्श समाज सम्वाददाता
असार १७, २०७७

पोखरा, १७ असार । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, लायन्स क्लब नर्सेस र लायन्स क्लब दृष्टिनेशनको संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन भएको छ ।

उक्त शिबिरमा युएसजी ब्लड सुगर र ब्लड पे्रसरका ३५ जनाको जाँच गरिएको थियो । उक्त अवसरमा लायन्स क्लब ३२५ बि १ का चिफ एडभाइजर ध्रुव श्रेष्ठ लायन वर्षको सुरुवातमा ३ वटा संस्थाले स्वास्थ्य शिविर गरी राम्रो काम गरेको बताए । सो अवसरमा लायन्स क्लब दृष्टिनेशनका अध्यक्ष डा.अमिर नागिला, लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष डा. गोपीलाल श्रेष्ठ, लायन्स क्लब नर्सेसका अध्यक्ष मिना थापाले आफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा क्याबिनेट एडभाईजर यदुनाथ अधिकारी,एओजी दुधमान गुरुङ डिपार्टमेन्ट अफिसियर डम्मर सिंह गुरुङ रुद्र घले कृष्ण प्रसाद श्रेष्ठ डिष्टिक चियरपर्सन प्रदीप राजभण्डारी र क्लबका निर्देशकहरु योगराज पौडेल,सुरेशबहादुर श्रेष्ठ,रबिनसन्स प्रजू, अर्जुन पोखरेल, दिनेश तुलाचन र सल्लाहकार कृष्ण राजभण्डारी नारायण बाटाजुको उपस्थित रहेको सो स्वास्थ्य शिबिरका संयोजक डा.बसन्त ताम्राकार रहेका थिए ।

हाम्रो सुझाव