कोरोना संक्रमण निको भएपछि बेल्जियम उडिन् अंशु

राजेशचन्द्र राजभण्डारी
असार १७, २०७७
katar-air

बागलुङ, १७ असार । कोरोना संक्रमण निको भएकी बागलुङ नगरपालिका–४ कुँडुले निवासी १९वर्षीया अंशु सापकोटा बुधवार बेल्जियम उडेकी छन् । ऋषिराम सापकोटाकी १९ वर्षीया छोरी अंशु सापकोटा नेपालमा कोरोना भाइरसको त्रास फैलिरहेकै बेला वुधवार विहान कतार एअरवेजबाट बेल्जियम उडेकी छन् ।

वेल्जियम हुँदै कतार एअरवेजवाट नेपाल आएकी नेपाल कै पाँचौ तथा बागलुङको पहिलो कोरोना संक्रमित अंशु सापकोटा पुन आफ्नो परिवारका साथ बिदेश उडेकी हुुन् । गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो । करिव १ महिनाको उपचार पछि १९ वर्षीया सापकोटा वैशाख १२ गते कोरोना जितेर घर फर्किएकी थिइन ।

कक्षा ११ को परीक्षा दिन चैत ४ गते बेल्जियम बाट नेपाल आएकी सापकोटा नेपाल आए लगत्तै कोरोना संक्रमित हुनुका साथै कोरोनाको कारणले परीक्षा समेत नभएपछि बेल्जियम फर्किएको बताइन । बिश्वभर कोरोना महामारी फैलिएपछि हतारहतार २०७६ चैत ४ गते बेल्जियमबाट कतार एअरवेज को उडानबाट नेपाल (काठमाडौ) उत्रिए पछि सिधैं पोखरा हुदै बागलुङ आएकी उनलाई चैत १२ गते स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखापरेको थियो । छोरीलाई कोरोन संक्रमण देखा परेपछि आफुले सामाजिक विभेद खेप्नु परेको भएपनि छोरीको आत्मवलले कोरोना जित्न सफल भएको अंशुका बुबा ऋषिराम सापकोटाको भनाई रहेको छ ।

अंशुमा कोरोना संक्रमणको पुष्टि भएपछि सिङ्गो गाउँनै त्रसित भएको थियो । अहिले जिल्लामा करिब २ सय संक्रमित पुग्दा समेत स्थानीयले सामान्य रुपमा लिएका छन् । नेपालमा सरकारले कोरोना भाईरस कोभिड १९ को जोखिम कम गर्न घोषण गरेको वन्दावन्दीको वुधवार १ सय दिन पुगेको छ । लकडाउनलाई खुकुलो पारिएसँगै स्थानीयमा लापर्बाही बढ्दै गएका कारण कोरोना संक्रमण समुदायमा पुगेको विश्वास गरिएको छ ।जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमान्ड पोष्ट गठन भएको भएपनि त्यो नाममात्रको साबित हुन पुग्दा समुदायमा कोरोना फैलिएको भन्दै बागलुङवासी आक्रोशित बनेका छन् ।जिल्लामा नेतृत्व गर्ने ब्यक्ति कमजोर भएको भन्दै राजनीतिक नेतृत्वले समेत यसबारे चासो लिन थालेको चर्चा बजारमा चलेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width