गण्डकीमा सलहबाट छैन क्षति: कृषि मन्त्रालय

आदर्श समाज सम्वाददाता
असार १६, २०७७

पोखरा, १६ असार । सलह कीराका कारण गण्डकी प्रदेशका कुनै पनि जिल्लामा हालसम्म बालीनालीमा क्षति टरेको छ ।

प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा, कास्की, लमजुङ जिल्लामा सलहको प्रजाति देखा परेपनि बालीनालीमा क्षति नपुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार लमजुङ सुन्दरबजार–९, फेदीकुनामा सोमबार सलहको म्यूजियम स्पेसीमेनसँग मेल खाने प्रजाति देखा परेको थियो । तर, सो प्रजाति बालीनालीमा ठूलो क्षति पुर्‍याउने सलहको डिजर्ट लोकोस्टसँग मेल नखाने किमिसको भएकोले त्यत्ति आत्तिनु नपर्ने मन्त्रालयका प्रवक्ता ग्रिष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार डिजर्ट लोकोस्ट जातिले भने सबैभन्दा ठूलो क्षति पुर्‍याउँछ।

मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सलह देखिएको थियो । रुपाको वडा ७, काउरेमा सोमबार साँझ सलह कीराको एक समूह बसेको र सो समूहले पीपल र स्थानीय जातका भुइँघाँसमा सामान्य क्षति पुर्‍याए पनि अन्य बालीमा क्षति नपुगेको र सो समूह मंगलबार दिउँसो करिब साढे १ बजेतिर पश्चिम दिशातर्फ उडेको थियो।

रुपापछि कास्कीको अन्नपूर्ण वडा ८, तमु गाउँमा सोमबार दिउँसो २ बजेतिर सलह कीराको एक समूह मकैबारीमा बसेको बताइए पनि त्यसबाट भएको क्षतिको विवरण भने यकिन भएको छैन।

मन्त्रालयका प्रवक्ता न्यौपानेले हावाको कारण सलहको ठूलो झुण्ड चोइटिएर यतातिर आएको हुन सक्ने बताए । लमजुङमा मन्त्रालयको र्‍यापिड रेस्पोन्स टिमले रुपामा स्थलगत अवलोकन गरी फर्केको जनाउँदै उनले त्यसक्रममा कुनै पनि बोलीमा क्षति नपुगेको हुँदा आत्तिनु नपर्ने बताए । सोही प्रकृतिको सलह नै कास्की प्रवेश गरेको हुन सक्ने उनको दाबी छ । अन्नपूर्णमा बुधबार बिहान सलह भगाउन स्थानीयलाई घाम उदाएपछि धुँवा लगाउनेबारे सुझाव दिइएको उनले बताए।

यसैगरी, स्याङ्जाको चापाकोट र नवलपुरमा एकैदिन आइतबार सलह कीरा देखा परेको मन्त्रालयले जनाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा १ र ३, गल्याङ नगरपालिका वडा १ र सोमबार आँधीखोला गाउँपालिका वडा १ मा सलहको समूह आकाशमा उडिरहेको देखिएको जनाइएको छ।

त्यस्तै, नवलपुरको विनेयी त्रिवेणी गाउँपालिका वडा ३ मा आइतबार दिउँसो सलहको किरा देखिएको भनिए पनि बालीमा क्षति टरेको छ।

सलह भगाउन भने विषादी प्रयोग नगर्न मन्त्रालयले सुझाव दिएको छ । हाम्रो नीति विषादी नै प्रयोग गर्ने भन्ने छैन । पर्यावरणमा हुन सक्ने असर भएकोले नकारात्मक असर देखा पर्ने भएकोले विषादी प्रयोग भएको छैन।

गण्डकीमा सलह रोक्न र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको छ । वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा ६ सदस्यीय टिमको सदस्यमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागवाणी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी, बाली संरक्षण अधिकृत सञ्जीव बास्तोला र कृषि प्रसार अधिकृत विश्वास काफ्ले छन् । प्रदेशले प्रवेदवासीमा सलहबारे जानकारी गराउने, सचेतना जगाउने लगायत कार्यक्रम गर्न सकिने बताएको छ।

सलह ठूलो झुण्डमा देखिने भएकोले थोरै संख्यामा सहलजस्तै देखिने फट्याङ्ग्रा देख्दैमा भ्रमित र आतंकित नभई सजग हुन आग्रह गरिएको छ।

कास्की क्षेत्रमा देखिएको सलह बुटवल, पाल्पा हुँदै भित्रिएको हुन सक्ने अनुमान छ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width