नागरिकता संशोधन विधेयक खारेज गर्न माग गर्दै ज्ञापन पत्र

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
jasapa 1

पोखरा, १६ असार । जनता समाजवादी पार्टीले नेपालको नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधयेक खारेज गर्न माग गर्दै बिरोध जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मंगलवार देशैभर विरोध कार्यक्रमका साथमा प्रमुख जिल्ला अधिकारी मार्फत विधेयक खारेजको माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । यसै क्रममा कास्कीमा पनि जनता समाजवादी पार्टीले विरोध कार्यक्रम सहित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल मार्फत विधयेक खारेजीको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो छ । ज्ञापनपत्र पार्टीका कास्की जिल्ला अध्यक्ष गिरिप्रसाद गुरुङले प्रजिअ ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र ग्रहण पश्चात प्रजिअ ढकालले ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्काल पठाइदिने आश्वासन दिएका छन् । पार्टीका कास्की अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षता र सचिव नारायण भण्डारीको सञ्चालनमा शहिद चोकमा आयोजित विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका गण्डकी उपाध्यक्षहरु दीपक तामाङ, काशीमाया गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width