तनहुँमा १ सय २४ जनामा कोरोना संकमण

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
Coronavirus_world_2

तनहुँ, १६ असार । तनहुँ जिल्लाको व्यास नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना  पुष्टि भएको हो ।

योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय २४ जना पुगेको छ । ब्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोनालाई जितेर निकोे भई घर फर्किनेको संख्या तनहुँका विभिन्न स्थानहरुमा १६ पुगेको छ भने सोमबार मात्रै जिल्लामा थप १० जना कोरोना सक्रमित थपिएका छन् ।

तनहुँको बन्दिपुर गाउँपालिकामा ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएका हुन । बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये ४ जना अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width