नेकपा स्थायी समिति बैठक बालुवाटारमा बस्यो

एजेन्सी
असार १६, २०७७
cpn12

काठमाण्डौ, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको चौथो दिनको बैठक सुरु भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । यसअघि शुक्रबारको बैठकमा उनी उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा पनि केहीबेर बसेर निस्किएका थिए। आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले धारणा राख्दैछन्।

बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो । दुई दिन स्थगित गरेर बैठक फेरि आज बसेको हो । स्थायी समितिको बैठकमा सरकार, पार्टी, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सीमा लगायत ७ बुँदे एजेण्डामा छलफल तय भएको छ। सीमाका विषयमा स्थायी समितिका सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्।

आजको बैठकमा सोही विषयमा बोल्न बाँकी रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालयका सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेलले आफ्ना धारणा राख्ने बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width