गण्डकीमा थप १७ संक्रमित, कुल संख्या ९६६

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
Gandaki Map

पाेखरा, १६ असार । गण्डकी प्रदेशमा  १७ जना संक्रमित थपिएका छन्। याे सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा कास्कीका ८, तनहुँका ५, लमजुङका ३ र स्याङजाका १ जना छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width