स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना देखिएपछि बन्दीपुरमा सतर्कता

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
coronavirus

पोखरा, १५ असार ।  अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको बन्दीपुर गाउँपालिकामा लकडाउन अवधि लम्बाइएको छ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह लामाले सोमबार साँझ विज्ञप्ति जारी गरी समुदायमा थप संक्रमण फैलिन सक्ने स्थिति मध्यनजर गर्दै लकडाउन अवधि थप गरी असार २२ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको जनाइएको छ । यसअघि असार ९ देखि लकडाउन कायम थियो।

गाउँपालिका अनुसार असार ८ मा गाउँपालिकाका ११ जनामा कोरोना भाइरस संक्रमण रहेको र थप कन्ट्याक्ट टे«सिङ गरी असार १० मा १ सय १ जनाको स्वाब संकलन गरी पोखरा पठाइएकोमा थप ९ मा कोरोना संक्रमण देखिएको जनाइएको छ । ९ मध्ये ४ जना अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी तथा ५ जना क्वारेन्टाइनमा रहेका मानिस हुन्।

यस अवधिमा गाउँपालिकास्थित सबै बैंक तथा वित्तीय संस्थाहरुको हकमा गाउँपालिकासँग आवश्यकताअनुसार समन्वय गरी संवेदनशील अवस्थामा संयमित भई सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह समेत गरिएको छ।

सरकारले समेत जारी रहेको आंशिक लकडाउन अवधि आगामी ७ साउनसम्म लम्बाउने निर्णय सोमबार गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width