समीपको ‘म कैदी प्रेमको’ म्यूजिक भिडियो सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
deepak samipee

पोखरा, १५ असार । नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपको गजल ‘म कैदी प्रेमको’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्काको फिचर्ड छ । सपोटिप्स रोलमा जीवन खड्कालाई देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्य निर्माता रहेको गजलको निर्देशन भने मोहनराज अधिकारीले गरेका छन् । जुगल डंगोलको म्यूजिक एरेञ्ज र अमृत सुनुवारले छायांकन गरेका छन् । सम्पादन माधव बेलबासेको छ ।

गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष समेत रहेका समीपको रेकर्ड भएको यो दोस्रो गजल हो । उनको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह प्रकाशित भएको थियो ।

लमजुङका दीपक समीप पोखरामा लामो समयदेखि रहेर गजलसहित साहित्यिक क्रियाकलापमा सक्रिय छन् ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width