नवलपुरमा १६ जनाले कोरोना जिते, फर्कनेको कूल संख्या ५६

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
pigya

नवलपुर । पूर्वी नवलपरासीमा सोमबार एकै पटक १६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । धनुषाका १ जना र पूर्वी नवलपरासीका १५ जना गरी १६ जनाले सोमबार कोराना जितेर घर फर्किएका हुन् ।

रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत १६ जना डिस्चार्ज भएका हुन् । त्यसैगरी आइतबार रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका थिए । यो सहित नवलपुरबाट डिस्चार्ज हुनेको संख्या ५६ जना पुगेको छ । नवलपुरमा संक्रमित हुनेको संख्या २ सय २० पुगेको छ ।

सोमबार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ का ४५ बर्षीय १ जना पुरुष, कावासोती नगरपालिकाका १ जना महिला र ६ जना पुरुष गरी ७ जना, बुलिङटार गाउँपालिकाका ६ जना पुरुष, विनयी त्रिवेणी गाउँपालिकाको १ जना पुरुष र धनुषाको नारायणी नगरपालिकाका १ जना पुरुष डिस्चार्ज भएको रजहर प्राकृतिक चिकित्सालयले विज्ञप्ति मार्फत जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width