सोमबार थपिए ४७६ संक्रमित, संक्रमित संख्या १३२४८ पुग्यो

एजेन्सी
असार १५, २०७७

काठमाण्डौ, १५ असार । नेपालमा सोमबार कोरोनाभाइरसका ४७६ जना नयाँ संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

तीन सय ६४ पुरूष र एक सय १२ जना महिला गरी चार सय ७६ जनामा कोरोना देखिएको छ, गौतमले भने । यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो।सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्। कोरोनाबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा कोरोनाबाट एक जना युवकको मृत्यु भएको हो। रौतहटका २९ वर्षीय पुरूषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width