मौनताले ‘आँधी तुफान-२’ बनाउने

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
PHS

पोखरा, १५ असार । स्क्रिप्ट राइटर तथा चलचित्र निर्माता मौनता श्रेष्ठले नारी कथानक ‘आँधी तुफान–२’ निर्माण गर्ने भएका छन् ।

लकडाउन अवधिभर आफूले ‘आँधी तुफान–२’ गर्नको लागि स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने निर्माता श्रेष्ठकाे भनाइ छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनोटकै क्रममा रहेको छ ।

नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण तथा अत्याचार, नारी जागरणको विषयलाई प्रमुखताका साथ उठान गर्दैछु’ लेखक समेत रहेकी निर्माता श्रेष्ठ भनिन् ‘केही नयाँका साथमा केही अनुभवी कलाकारलाई प्रस्तुत गर्नेछौं ।’ कार्यकारी निर्माता रत्नले फिल्को कथावस्तु मन परेकोले उत्साहित रहेको बताए ।

मौनता श्रेष्ठले २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा ‘आँधी तुफान’ निर्माण गरेका थिए । सो फिल्मले व्यवसायिक सफलता हासिल गरेको थियो । लेडि एक्सन फिल्म ‘आँधी तुफान’ मा पुजना प्रधान, ऋता घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width