सरकारी निकायबाट वहाल छुट सुरुवात गर्न माग

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
monroe-chamber-of-commerce-business-new-glarus-monroe-county-chamber-of-commerce-amory-office-png-clip-art

पोखरा, १५ असार । पोखरा चेम्बर अफ कमर्स कास्कीले सबै उद्योग व्यवसाय बन्द भएको अवस्थामा घर वहालमा छुट दिन सरकारी निकायलाई आग्रह गरेको छ ।

चेम्बरले सबै सरकारी निकायलाई पत्राचार गरी कोरोना भाइरस (कोभिड १९)को रोकथाम नियन्त्रणको लागि लगाएको लकडाउनको कारण बन्द भएका उद्योग व्यवसायलाई घर भाडामा छुट दिएर राहातको अनुभूति दिलाउन आग्रह गरेको हो ।

चेम्बर अफ कमर्स कास्कीका बस्तुगत तर्फका उपाध्यक्ष तथा कोभिड १९ नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले सरकारको पूर्ण वा आशिंक स्वामित्वमा रहेका संस्थान वा कार्यालय, बैक तथा वित्तीय संस्था, विद्यालय, अस्पताल, खाद्य संस्थान, साल्टटे«ृनिङ जस्ता संस्थालाई वहाल छुटको लागि पत्राचार गरेको जानकारी दिए ।

चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले वहालमा लगाएका सरकारी निकायले छुट दिएको खण्डमा मारमा परेका उद्योगी व्यवसायीलाई ठूलो राहात पुग्ने बताए । चेम्बरले पोखरा महानगरपालिकाले लक डाउनको मारमा परेका व्यवसायीलाई तीन महिनाको घर वहालमा छुट दिएकोमा आभार प्रकट गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width