धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ-मुख्यमन्त्री

रासस
असार १५, २०७७
sankar-pokhrel-newskarobar

रुपन्देही, १५ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एवम यान्त्रीकीकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको बताए । केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयात गरिरहेको जनाउँदै उनले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै जान आवश्यक रहेकामा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width