कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या ५ लाख पुग्यो

एजेन्सी
असार १५, २०७७
Coronavirus_world

काठमाडौं,१५ असार । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।

अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पकोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड एक लाख १७ हजार ७०० पुगेको छ । त्यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना संक्रमित निको भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width