क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

रासस
असार १४, २०७७
dead-body-1_3199456_835x547-m

परासी, १४ असार । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका-२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width