‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई

रासस
असार १४, २०७७
shikshak

काठमाडौँ, १४ असार । काठमाडौँ विश्व विद्यालयअन्र्तगतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले रु एक लाख राशिको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ ।

सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कार दिने निर्णय गरिएको हो । रु एक लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कार हरेक दुई-दुई वर्षमा दिने गरिन्छ ।

दिवङ्गत शिक्षाविद् तथा फ्रान्सका लागि पूर्व नेपाली राजदूत उप्रेती विसं २०१० मा गठित पहिलो शिक्षा आयोगमा सदस्य सचिवका रूपमा नेपालको शैक्षिक योजना र विकासको जग निर्माणमा क्रियाशील हुन । शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षासम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदान गर्ने उद्देश्यले विगत १३ वर्षदेखि सो पत्रिका नियमित रूपमा प्रकाशित हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width