राष्ट्रिय एकतामा जोड

आदर्श समाज सम्वाददाता
असार १४, २०७७
1592978604nekapa_sthai_samiti_baithak

काठमाडौँ, १३ असार | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा राष्ट्रिय सहमति कायम गरी नेपालको नक्सामा समावेश गरिएको भूमि कूटनीतिक माध्यममार्फत भारतसँग वार्ता गरी फिर्ता ल्याउनुपर्नेमा जोड दिइएको छ ।
बुधबारदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रियता, सार्वभौसत्ता, अखण्डताका विषयमा कोही कसैसँग सम्झौता हुनै नसक्ने र नेपालको भूमिमाथि कुनै पनि प्रकारको गतिविधि सह्य नहुने बताएका थिए ।

केही दिनअघि मात्रै सरकारले संविधान संशोधनमार्फत मिचिएको भूमिसमेत समावेश गरी अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचीमै समावेश गरिसकेको छ । “संविधानले नै निदृष्ट गरेको नेपालको भूमिलाई राष्ट्रिय एकताद्वारा भूमि प्राप्त गर्ने विन्दुसम्म पु¥याउनुपर्छ भन्नेमा स्थायी कमिटी सदस्यहरूको जोड रह्यो”, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा भाग लिँदै २१ जना सदस्यले धारणा राखेका थिए ।

शुक्रबार पनि सीमा अतिक्रमणको कार्यसूचीमा छलफल भएको थियो । अर्काे बैठक यही असार १६ गते ११ बजे बालुवाटारमा पुनः बस्नेछ ।

आगामी बैठकको पहिलो चरणमा सीमासम्बन्धी तथा दोस्रो चरणमा कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुने जनाइएको छ ।

शनिबार बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भई स्वास्थ्यस्थिति अनुकूल नरहेको जानकारी दिएर निस्केको प्रवक्ता श्रेष्ठले बताए ।

लामो समयपछि बसेको सत्तारूढ दलको स्थायी कमिटीको बैठकले पार्टीको आन्तरिक राजनीति एवम् मुलुकको समसामयिक विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै, अमेरिकी सहयोग परियोजना (एमसिसी), कोरोना रोकथामलगायत विषयमा रहेको द्विविधालाई समेत सम्बोधन गर्न बैठक सफल हुने विश्वास लिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width