रोबर्ट लेवान्डोस्की बुण्डेसलिगाको ‘प्लेअर अफ दि सिजन’

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
Robbert Lewandosky, Player of the year

पोखरा । यस सिजनको जर्मन बुन्डेसलिगाको ‘प्लेयर अफ दी सिजन बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की घोषित भएका छन् ।

विज्ञहरुले गरेको मतमा उनले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरे । लेवान्डोस्कीले बायर्नलाई लगातार आठौं पटक उपाधि दिलाउन योगदान गरे ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरेको आधारमा लेबान्डोस्की सिजनको उत्कृष्ट खेलाडी बनेका हुन् । लेवान्डोस्की यस सिजनको बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता समेन बनेका छन् । उनले यस सिजनमा ३३ गोल गरेका छन् ।

लेवान्डोस्कीले जाडोन सान्चो, काई हाभार्ट लगायत खेलाडीलाई पछि पार्दै यस सिजनको जर्मन बुन्डेसलिगाको ‘प्लेयर अफ दि सिजन’ बने । बोरुसिया डर्टमण्डका सान्चो दोस्रो र बायर लेभरकुजनका हाभार्ट तेस्रो स्थानमा रहे ।

उनी बुन्डेसलिगामा लगातार ११ खेलमा गोल गर्ने पहिलो खेलाडी बने । म्याच डे २९ मा फर्चुना डुसेलडवर्फ विरुद्ध गोल गरेपछि लेवान्डोस्कीले बुण्डेसलिगामा सबै क्लबबिरुद्ध गोल समेत गरेका छन् । पछिल्लो समय ३१ वर्षीय फरवार्ड उत्कृष्ट लयमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width