स्याङ्जाका ३४ जनाले जिते कोरोना

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
kalika koro

स्याङजा, १३ असार । स्याङजाका ३४ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमण जितेर घर फर्कनेकोे संख्या ५६ पुगेको छ । भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेशनमा रहेका ३४ जना संक्रमितले शनिवार एकै दिन कोरोना जितेर घर फर्केका हुन ।

उनीहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिकाका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना छन् ।

कोरोनामुक्त भएकालाई, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, वालिङ नगर प्रमुख दीलिपप्रताप खाँण, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा लगायतले बिदाई गरेका थिए । कोरोना जितेर घर फर्कनेलाई लिनका लागि सम्बन्धित पालिकाले सवारी साधन पठाएका थिए । जिल्लामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २ जनाको निधन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width