चितवनमा कोरोना संक्रमितको मृत्यु

rss रासस
असार १३, २०७७
be5332732f39a5ac5a4c35483469c1bb_w1000_h500_cp

काठमाण्डौ, १३ असार । नेपालमा कोेरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्याइएको थियो,’ भतरपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ‘आज (शनिबार) बिहान ७ बजे उनको मृत्यु भएको हो ।

सूचना अधिकारी पौडेलका अनुसार उनी कैलालीको गोदावरी नगरपालिका–७ का बासिन्दा थिए। अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग