मोरङ, १२ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओले ठक्करदिंदा तीनजनाको ज्यान गएको छ ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले विहीबार राति पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडी अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको थियो । अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुलेको छैन ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको हो ।
गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Related News
सम्बन्धित समाचार
म्याग्दीमा बस दुर्घटना, ४ घाइते
स्कुटर दुर्घटनामा दोहोरी रेष्टुरेन्टका म्यानेजरको मृत्यु
बस दुर्घटनाका २७ मृतकको सनाखत
तनहुँ बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो
घरबाट बेपत्ता किशोरको फेवातालमा डुबेर मृत्यु
hero news full width
मुख्य समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१